बागमतीमा ६ संसदीय समिति सभापतिले लिए शपथ

बागमतीमा ६ संसदीय समिति सभापतिले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेश सभाका ६ विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा ६ सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सभामुख भुवनकुमार पाठकले समिति सभापतिहरूलाई शपथ ग्रहण गराए ।

बागमतीमा दलीय भागबण्डामा सभापति चुनिएका थिए । सर्वसम्मत रूपमा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समिति सभापति मायादेवी शर्मा सभापति चुनिएका थिए ।

कांग्रेसबाट प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीलाई दिने सहमति दलहरूबीच सहमति बनेको थियो ।