इलाम– सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिएको छ ।
इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप सशस्ज्ञले नियन्त्रणमा लिएको हो । सवारीसहित १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।
ससस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।
बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।




प्रतिक्रिया