काठमाण्डु– सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउने कार्यदल बैठकमा समितिको कार्यादेशबारे आज पनि सहमति हुन सकेन ।
सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदल बैठकमा कार्यादेशबारे सहमति हुन नसकेको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सहमति गरेर सदनको गतिरोध अन्त्य गर्ने समझदारी बनेको बर्तौलालले जानकारी दिए ।
‘कुनै विषयमा आज हामी निष्कर्षमा पुगेनौं, सहमति गरेर विषयहरूलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ,’ बैठकपछि बर्तौलाले भने।
बैठकमा सत्ता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आ–आफ्ना अडानबाट लचक नभएपछि सहझदारी बन्न नसकेको हो ।
कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्दा नै गृहमन्त्रीको नाम लेख्नुपर्ने अडान लिँदै आएको छ ।
सत्ता पक्षले भने व्यक्तिको नाम नराख्न अडान लिइरहेको छ ।
आज प्रतिनिधि सबै बैठक बोलाइएको छ । कांग्रेसले संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो नलगाई सदन अगाडि बढ्न नसक्ने बताउँदै आएको छ।




प्रतिक्रिया