प्रतिनिधिसभा बैठक अन्योलमा, मुख्य सचेतकहरुसँग छलफलमा जुटे सभामुख

प्रतिनिधिसभा बैठक अन्योलमा, मुख्य सचेतकहरुसँग छलफलमा जुटे सभामुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतक र सचेतक सँगको छलफलपछि अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।

आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ । आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसद् बैठक प्रभावित हुने देखिएको छ । कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने अडान कायमै राखेको छ ।