काठमाण्डु– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।
दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहियाको खोजी गरिरहेको छ ।
आफ्नो दोहोरो नागरिकताका कारण अफ्ट्यारो पर्ने भएपछि सिरोहिया सर्वोच्च अदालतमा पनि पुगेका थिए । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।




प्रतिक्रिया