काठमाण्डु– प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध जारी राखे पनि सभामुख देवराज घिमिरेले जारी राखेका छन् । कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै लामो समयदेखि विरोध गर्दै आएको छ ।
तर प्रधानमन्त्रीले विश्वासको मत लिने काम पनि कांग्रेसले गरिरहेको विरोधबीच सम्पन्न भएको थियो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । छानबिन समितिको कार्यादेश टुंग्याउन बनेको कार्यदलको मंगलबार बिहान बसेको बैठकमा पनि सहमति हुन सकेन ।
प्रतिनिधिसभाको गतिरोध अन्त्यका विषयमा सभामुख घिमिरेले अहिले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । त्यसअघि उनले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।




प्रतिक्रिया