कांग्रेसको अवरोधबीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

कांग्रेसको अवरोधबीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको नाराबाजी गरिरहेकै बेला प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्दा पनि कांग्रेस सांसद्हरू नाराबाजी गरिरहेकै थिए ।

त्यस क्रममा विपक्षी दलहरु नाराबाजीमा थिए भने सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरे ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति पनि प्रतिनिधिसभामा टेबल गरेका छन् । उनलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।