प्रतिनिधिसभा बैठक जेठ ११ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक जेठ ११ गतेसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव मंगलबार प्रतिनिधिसभाले ध्वनि मतले पारित गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सो प्रस्ताव प्रतिनिधिसभामा पेस गरेका थिए ।

सरकारले लगानी सहजीकरणसम्बन्धी ‘केही नेपाल ऐन, संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई अनुमति दिएसँगै अध्यादेश पेश भएको हो ।