काठमाण्डु- नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि नाराबाजी गरेका छन् । मंगलवार बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।
उनीहरुले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भन्दै बैठकमा अवरोध गरेका हुन् । आजको बैठकमा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसुची छ । आजै बसेको प्रतिनिधिसभाको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका थिए ।




प्रतिक्रिया