जग्गा घोटाला प्रकरणबारे आरजुले भनिन्- ५० हजारमा किनेको हुँ, फाइल खोल्दा हुन्छ

जग्गा घोटाला प्रकरणबारे आरजुले भनिन्- ५० हजारमा किनेको हुँ, फाइल खोल्दा हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले टिकापुरको जग्गाको बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकपछि संञ्चारकर्मीसँग प्रतिक्रिया दिदै आरजुले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी हुन् । उनले उक्त जग्गाको बारेमा टिकापुर गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिइन् ।

‘जे जे छ सबै फाइल खोलेर देखाउनु । उहाँहरु पावरमा भएकाले फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’, उनले भनिन् ।  टिकापुर जग्गा घोटाला प्रकरणमा आरजु मुछिएकी छन् ।