सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई तीन दिन हिरासतमा राखेर नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।

सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको थियो । दोहोरो नागरिकता लिएको उजुरीको आरोपमा सिरोहियालाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरेको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए ।