आफैले शपथ बहिष्कार गरेको कृषि मन्त्रालयमा चित्त बुझाए विनोद शाहले

आफैले शपथ बहिष्कार गरेको कृषि मन्त्रालयमा चित्त बुझाए विनोद शाहले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – यसअघि आफैले शपथ बहिष्कार गरेको कृषि मन्त्रालयमा नेकपा एमालेका सांसद विनोदकुमार शाहले चित्त बुझाएका छन् । उक्त मन्त्रालयमा शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए। आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका शाहले अहिले फेरि त्यही मन्त्रालयमा चित्त बुझाएका हुन् ।

शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो। मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषदबाट हटाएका थिए।

मन्त्री शाहले बुधबार प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिए  ।