पार्टी कामलाई निरन्तरता दिन कार्यकर्तालाई जसपाको आग्रह

पार्टी कामलाई निरन्तरता दिन कार्यकर्तालाई जसपाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–उपेन्द्र यादवको जसपा–नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टीले पार्टी कामलाई निरन्तरता दिन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।

जसपाका महासचिव मो. इस्तियाक राइले बिहीबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतले अल्पकालीन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरूलाई मात्र जनता समाजवादी पार्टी, नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र स्थगित गरेको स्पष्ट पारेका छन् ।

‘जसपाले संगठन गर्ने, भेला हुने, दलमा आवद्ध हुने, राजनीति दलका तर्फबाट शान्तिपूर्ण सभा सम्मेलन गर्ने, जनताको संवैधानिक हकको प्रचलनमा कुनै बाधा नपर्ने हुँदा सबै कार्य सुुचारु गर्न अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी पार्टीमा सनाखत गरि सकेका संघीय सांसद, प्रदेश सांसद तथा जनप्रतिनिधिहरूलाई काम गर्न बन्देज नलगाएको पनि महासचिव राईले भनेका छन् ।

विज्ञप्ति भनिएको छ,‘संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भई प्रमाण जारी भएको र सम्मानित सर्वच्च अदालतबाट न्याय निरुपण हुने विश्वास छ ।’