परिषद्का कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना

परिषद्का कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ ।

परिषद्मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्यांकनमा जाँदा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध १ दिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्का कर्मचारी, मूल्यांकनमा जाने टीम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिए ।

सोही अनुरूप परिषद्ले सबै विभागका कर्मचारीहरूलाई व्यावहारिक, नैतिक र कानूनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको हो । परिषद्कै इतिहासमा पहिलोपटक आफ्ना कर्मचारीहरूलाई यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

सचेतनाले कार्यस्थलमा महिला, पुरुषले एकअर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने ? यौनजन्य दुर्व्यवहार भनेको के हो ? कसरी हुन्छ ? त्यस्ता दुर्व्यवहारबाट कसरी बच्ने, कानूनी प्रावधान के छ ? लगायत कानूनी र व्यावहारिक प्रशिक्षण दिइएको थियो ।