काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बसिरहेको छ।
बैठक केही बेरअघि सुरू भएको बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सांसद जीवन परियार सहभागी छन्। बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि बैठकमा छन्।
आजको बैठकमा कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन भनेको छ। कार्यादलका यसअघिका तीन बैठक विनानिष्कर्ष सकिएका थिए ।
प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।
कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।




प्रतिक्रिया