काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा डुबेर ३ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबेर रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षीय राजिव लामाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ बनगाई बस्ने २५ वर्षीय साजिद डफलीको सोही ठाउँस्थित मर्थी खोलामा डुबेर मृत्यु भएको छ ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका–६ कामत टोलस्थित पोखरीमा डुबेर चक्रघट्टा गाउँपालिका घर भएका राकेश मुखियाको छोरा ४ वर्षीय कार्तिक मुखियाको मृत्यु भएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया