काठमाण्डु –प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि र्बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताएका थिए ।
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।




प्रतिक्रिया