सिरोहियालाई तर्साएर शासन गर्ने सोचिएको भए गलत भयो : माधव नेपाल

सिरोहियालाई तर्साएर शासन गर्ने सोचिएको भए गलत भयो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको टिप्पणी गरेका छन् ।

ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको टिप्पणी गरे ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भए पनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए ।

उनले विषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरू उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखेका छन् ।

अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।