१७ वर्षपछि द्वन्द्वरत देश कंगो शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

१७ वर्षपछि द्वन्द्वरत देश कंगो शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ। राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो।

डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डले बताए। यसअघि नेपाल प्रहरीका दुई जना अधिकृत मात्र शानित मिसनअन्तर्गत कंगो पुगेका थिए। सन् २००१ मा रमेशचन्द्र ठकुरी र बाबुराम गुरुङ कंगो गएका थिए।

१७ वर्षपछि फेरि नेपाल प्रहरीपर्यवेक्षकका रुपमा कंगोमा खटिन लागेको छ। राष्ट्रसंघले थप प्रहरीलाई कंगो पठाइने जनाएको छ। कंगो जान लागेका दुई अधिकृतको कंगोमै राष्ट्रसंघ फ्रेन्च भाषासम्बन्धी परीक्षा लग्नेछ । यदि परीक्षामा उनीहरु असफल भए फर्कनुपर्नेछ। यो समाचार आजको नयांपत्रिकामा छ ।