काठमाडौंमा बिहानैदेखि झरी,अन्य प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंमा बिहानैदेखि झरी,अन्य प्रदेशमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाे छ ।

शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा सुरु भएको छ ।वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । माैसम पूर्वानुमान महाशाखागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।