वाइड बडीको कमाइ २६ करोड, खर्च ७६ करोड

वाइड बडीको कमाइ २६ करोड, खर्च ७६ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक एक करोडभन्दा माथि हो।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ। कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन। राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन्। यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ। स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।