नेपाल–चीनबीच व्यापारिक नाका पुनःसञ्चालनबाट आर्थिक सम्बन्ध प्रगाढ बन्छ : मन्त्री श्रेष्ठ

नेपाल–चीनबीच व्यापारिक नाका पुनःसञ्चालनबाट आर्थिक सम्बन्ध प्रगाढ बन्छ : मन्त्री श्रेष्ठ

१४ मध्ये सात नाका चार वर्ष पछि खुले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित ७ वटा पारम्पारिक व्यापार नाका चार वर्षपछि शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका सञ्चालनमा आएको हो । बाँकी ७ वटा नाका पनि छिट्टै खुल्ने चिनियाँ पक्षले जनाएको छ ।

चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङका नाका बन्द गरेको थियो । कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नाका पुनः सञ्चालन घोषणा कार्यक्रमको किमाथाङ्का नाका पुगेर सुभारम्भ गरे ।

नाका पुनः सञ्चालन कार्यक्रम गर्दै मन्त्री श्रेष्ठले परम्परागत व्यापारिक सीमा नाका पुनः सञ्चालनबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याएको बताए । यसले दुईं देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सीमावर्ती जनताको दैनिक जीवनलाई सहज र सहज बनाउन महत्वपूर्ण कोसेढुङ्गा बनेको पनि मन्त्री श्रेष्ठले बताए ।

‘नेपाल र चीनबीच समस्यारहित सम्बन्ध छ । यी सम्बन्धहरू शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, विश्वास, सद्भावना र समझदारीका पाँच सिद्धान्तहरूमा आधारित छन्’, मन्त्री श्रेष्ठले भने ।

नेपाल एक चीन नीतिमा दृढ रहेको उल्लेख गर्दै उनले भने, ‘यस सन्दर्भमा हाम्रो प्रतिबद्धता पूर्ण र अटल छ । हामी तिब्बत स्वायत्त क्षेत्र र ताइवानलाई चीनको अभिन्न अंग मान्दछौं ।’

नेपाली माटो चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधि हुन नदिने दृढतापूर्वक प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र मर्यादाको सम्मानमा चीन दृढतापूर्वक उभिएकोमा भन्दै मन्त्री श्रेष्ठले प्रशंसा गरे ।

दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउन मद्दत गरेको मन्त्री श्रेष्ठले उल्लेख गरे ।

त्यस अवसरमा चिनियाँ राजदूत चेन सोङले बाँकी सात नाका छिटै पुनः सञ्चालन हुने जानकारी दिदै सीमापार व्यापारलाई यस कदमले बढवा दिने बताइन् ।

नका बन्द भएपछि भोटखोला गाउँपालिकाका जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर रहेका थिए ।