काठमाण्डु- सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको भएको छ ।
कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाइसकेको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।
गिरीका अनुसार आजको छलफलमा रकम अपचलन भएका सबै सहकारीको नाम उल्लेख गर्ने सहमति भएको हो । ‘ आजको छलफलमा संकटग्रस्त सहकारीबारे छानबिन समिति बनाउनुपर्छ भन्ने सत्तापक्षको भनाई थियो । आज हामी जुन-जुन सहकारीबाट रकम अपचलन भएको छ र जुन–जुन कम्पनीबाट रकम अपचलन भएको छ, ती सबैको नाम उल्लेख गर्ने र छानबिन समिति बनाउन सकिन्छ भन्नेमा पुगेका छौँ । यसमा प्रतिपक्षी दलले पनि सहमति जनाएको छ ।’, उनले भने ।
टीओआर टुंग्याउन सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरूकाे बैठक आइतवार बस्ने भएको छ । आइतबार बिहान ९ बजे बस्ने शीर्ष नेताको बैठकले टीओआर टुंग्याउने छ ।




प्रतिक्रिया