प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसको अवरोध

प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसको अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठकमा आज पनि नेपाली कांग्रेसले अवरोध गरेको छ । आइतवार बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले कार्यसूचिमा प्रवेश गर्नासाथ नेपाली कांग्रेसले नाराबाजी गरेको हो ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने भन्दै कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरिरहेका छन् । यसभन्दा अघि पनि संसद बैठक पटक-पटक अवरोध गरेको थियो ।