किर्ते आरोपमा न्यायाधीशकै श्रीमती पक्राउ

किर्ते आरोपमा न्यायाधीशकै श्रीमती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् । न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो

ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहान पक्राउ पक्राउ परेका छन् । ललिता राउतकी अर्की भाउजु भोजकुमारी पोखरेल भने फरार छिन् ।

न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।