न्यूरोडका सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले फुटपाथ बढाउँदा विरोध गरे : बालेन

न्यूरोडका सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले फुटपाथ बढाउँदा विरोध गरे : बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पहिला न्यूरोडका सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरूले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा महानगर प्रमुख साहले पहिला ३ फिट भनदा ढाकेर पार्किङ गर्दा न्युरोडको सडकमा गाडी कुद्न साँधुरो नहुने तर त्यही पार्किङ ओगट्ने ठाँउ खाली गराएर फुटपाथ बनाउँदा कसरी गाडी कद्न साँघुरो हुन्छ भनेर प्रश्न गरेका छन् ।

‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्,’ फेसबुकमा नगरप्रमुख साहले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’

साहले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने उनले उल्लेख गरेका छन् ।

काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ। यही कारण महानगर र सडक विभागबीच टसल देखिएको छ।