६० किलो सुन तस्करी प्रकरणका आरोपी थर्कमान लामा पक्राउ

६० किलो सुन तस्करी प्रकरणका आरोपी थर्कमान लामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपी थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसमा आबद्ध कान्छामान भनेर समेत चिनिने थर्कमानको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सिआइबीले जनाएको छ ।

पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको लामालाई पक्राउ गरिएको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । त्यो सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङ समेत संलग्न देखिएको भन्दै सीआईबीले पक्राउ गरेर बयान लिएको थियो ।