नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको निर्णयअनुसार शुक्रबार चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने डीएसपीहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्त राम शर्मा र एक नारायण कोइराला छन् । उनीहरूलाई प्रहरीको सोही समूहमा बढुवाका लागि सिफारिस गरिएको हो ।

क्षेत्री अपराध अनुसन्धान विद्यालय मानवस्रोत व्यवस्थापन शाखा महाराजगञ्जमा कार्यरत छन् भने रञ्जितकार नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत छन् । यस्तै शर्मा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत छन् भने कोइराला नेपाल प्रहरी विपद व्यवस्थापन कार्य/परिचालन शाखा काठमाडौंमा कार्यरत छन् ।