काठमाण्डु – श्रमजीवी पत्रकारको प्रतिनिधित्व गर्ने ६ पेशागत संगठनले नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र स्थानीय शाखाको निर्वाचन पूर्व निर्धारित मिति जेठ २६ गते नै गर्न माग गरेका छन् ।
शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठन नेपालले निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन समितिलाई वैशाख मसान्तभित्र मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोमा संगठनहरूको ध्यानाकर्षण भएको छ ।
यस्तो छ संयुक्त विज्ञप्ति –





प्रतिक्रिया