सुनसरी – जिल्लाको गढी गाउँपालिका–२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतमाथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युत्को तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया