गुण्डा नाइके समीरमानकी पत्नीलार्इ थुनामा राख्न अदालतकाे आदेश

गुण्डा नाइके समीरमानकी पत्नीलार्इ थुनामा राख्न अदालतकाे आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–जिल्ला अदालत काठमाडाैंले गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नतेलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न  आदेश दिएको छ।

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या लगायत अन्य गोली काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले उनलार्इ अाइतबार मात्र  नागार्जुन नगरपालिका–२ दुईधाराबाट पक्राउ गरेकाे थियाे।

गाैचन हत्या घटनाका थप तीन जना अभियुक्त कात्तिक १२ मा पक्राउ परेपछि उनीहरू बयानबाट प्रहरीले आइतबार गौचन हत्याका मुख्य अभियुक्त मायालार्इ समेत पक्राउ गरेको हाे।

परेकी ३१ वर्षीया बस्नते गौचन, दुर्गा तिवारीको हत्या र गुण्डा नाइके दावा लामामाथिको गोलीकाण्डमा हतियार व्यवस्थापन गरेको खुल्न आएपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो।

त्यस्तै उनले हुण्डीमार्फत भारतमा पैसा पठाउने गरेको, गौचनका हत्यारालाई संरक्षण गरेर आफ्नो घरमा राखेको आरोप लागेको छ।