टी-२० विश्वकप : अमेरिकामाथि इङ्ल्यान्डको सहज जित, सेमिफाइनलमा प्रवेश

टी-२० विश्वकप : अमेरिकामाथि इङ्ल्यान्डको सहज जित, सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले नौ ओभर चार बलमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित ८३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा एक सय १५ रनमा अल आउट भयो । अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए ।

जीतपछि सुपर–८को समूह दुई मा तीन खेलबाट चार अङ्कसँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान दुई खेलमा दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अङ्क छ । अमेरिका भने अङ्कबिहीन हुँदै बाहिरिएको छ ।

टी–२० विश्वकपमा आजै राति सवा ८ बजे अस्ट्रेलिया र भारत पनि खेल्दैछन् ।