कोपा अमेरिका फुटबल : अमेरिकाद्वारा बोलिभिया २–० ले पराजित

कोपा अमेरिका फुटबल : अमेरिकाद्वारा बोलिभिया २–० ले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कोपा अमेरिका अन्तर्गतको खेलमा अमेरिकाले बोलिभियालाई पराजित गरेको छ । गए राति भएको खेलमा अमेरिकाले बोलिभियालाई २–० ले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमै अग्रता लिँदै अमेरिकाले बोलिभियामाथि दबाब बढाएको थियो । तेस्रो मिनेटमा अमेरिकाका लागि क्रिस्टन पुलिस्कले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

त्यस्तै पहिलो हाफकै ४४औँ मिनेटमा अमेरिकाले बोलिभियाविरुद्ध पुन अर्को गोल गर्‍यो । ४४औँ मिनेटमा अमेरिकाका लागि फोलारिन बालोगनले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याए ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा बोलिभिया २–० ले स्तब्ध बन्यो ।