सरकारले गर्‍यो निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा

सरकारले गर्‍यो निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान पठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्बन भएको बताइन् ।

हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।

यस्तै, सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानवापतको रकम पठाउने निर्णय गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी सो रकम पठाउने निर्णय बैठकले गरेको छ ।

मन्त्री शर्माका अनुसार अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये ९३ प्रतिशत हुनेगरी १६ अर्ब ७९ करोड २२ लाख रुपैयाँ तत हस्तान्तरण गर्ने निर्णय भएको हो ।

वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरुले माग गर्दै आाएका थिए ।