काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताएका हुन् । सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने उनको भनाइ छ ।
जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने उनले बताए। ‘नेपालमा आदिवासी जनजातिहरूले अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै कांग्रेस पार्टीलाई पनि बलियो पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ।’, उनले भने ।




प्रतिक्रिया