कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट सर्वाेच्च अदालतबाट खारेज, हिक्मत कार्कीलाई वैधता

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट सर्वाेच्च अदालतबाट खारेज, हिक्मत कार्कीलाई वैधता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटलाई सर्वाेच्च अदालतले खारेज गरेको छ ।

मंगलबार फैसला सुनाउँदै अदालतले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गरेको छ ।

सर्वोच्चले केदार कार्कीको रिट खारेज गरेसँगै कोशीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले वैधानिकता पाएको छ ।

गत जेठ ३१ गतेदेखि ४ दिन न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेद र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुँदै आएको रिटमा मंगलबार बहस सकिएपछि रिट खारेजीको फैसला भएको छ ।

केन्द्रमा गठबन्धन फेरिएसँगै संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री भएका केदारलाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएको १ महिना अर्थात् वैशाख २६ गतेभित्र केदारले प्रदेश सभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले केदारलाई पदमुक्त गरेर हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित हिक्मतले बहुमतको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।