काठमाण्डु – प्रतिनिधिसभा बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८१ स्वीकृत भएको छ ।
सभाको मंगलबारको बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि विधेयक बहुमतले स्वीकृत भएको छ ।
बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक स्वीकृत भएको छ ।




प्रतिक्रिया