सिन्धुपाल्चोक – जिल्लाको हेलम्बु गाउँपालिका–५ सिरिशे बस्ने युवती २२ वर्षीया निशाकुमारी तामाङको मेलम्ची खोलाले बगाएर बिहीबार बिहान मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका–६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया