कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो

कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कोपा अमेरिका फुटबलमा पानामाले अमेरिकालाई पराजित गरेको छ । अमेरिकाले सुरुवाती अग्रता लिए पनि पानामाले पुनरागमन गर्दै अमेरिकाविरुद्ध जित निकालेको हो ।

खेलको २२औँ मिनेटमा अमेरिकाले अग्रता लिएको थियो । तर, २६औँ मिनेटमा पानामाले बराबरी गोल फर्कायो । यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ८३औँ मिनेटमा गोल गर्दै पानामाले अमेरिकाविरुद्ध २–१ को अग्रता लियो । त्यसपछि कुनै गोल हुन नसक्दा पानामा विजयी भएको हो ।