काठमाण्डु-काठमाडौंको छमछमे खोलामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नागर्जुन नगरपालिका–६ खरिबोटका अन्दाजी ४०/४५ वर्षका पूर्ण दर्नाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार पूर्ण दर्नालले चलाएको बा.प्र. ०२७ च ०४९१ नम्बरको निशान कार छमछमे खोलामा खसेको हो ।
चालक दर्नाललाई प्रहरीले उद्दार गरी उपचारको लागी मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया