जीप दुर्घटना हुँदा ९ जना घाइते

जीप दुर्घटना हुँदा ९ जना घाइते

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो साढे २ बजेको समयमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जीप नारायण नगरपालिका–५ धितामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।

घाइतेमध्ये ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते २ जनालाई रिफर गर्ने तयारी छ ।