काठमाण्डु- नेपाल पत्रकार महासंघको आज हुने भनिएको उम्मेदवार मनोनयन दर्ता स्थगित भएको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गरेर उम्मेदवार मनोनयन दर्ता स्थगित भएको जनाएको हो । नेपाल प्रेस युनियनले शुक्रबार राति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको जनाइएको छ ।
‘निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया अगाडि बढी रहेको अवस्थामा तत्काल सृजित असहज वातावरणका कारणले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गराइन्छ ’, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया