काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरूसँगको भेटघाटलाई तिव्रता दिएका छन् । शनिबार आफ्नै नीजि निवास बालकोटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका ओलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार दाहाल र ओलीबीच सरकार सञ्चालन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे छलफल भएको छ । निकटस्थ स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री दाहालसँग एमाले अध्यक्ष ओली त्यति सन्तुष्ट छैनन् । सरकार सञ्चालन र बजेटबारे ओलीले असन्तुसष्ट जनाइरहेको स्रोतले जनायो ।
कांग्रेस सभापति देउवासँग ओलीले आफ्नै निवासमा शनिबार दिउँसो करिब ३ घण्टा गरेको छलफलबारेसमेत प्रधानमन्त्रीले भेटमा चासो राखेको निकटस्थ स्रोतले बतायो । तर, ओलीले समसामयिक विषयमा छलफल गरेको भन्ने जवाफ दिएको पनि स्रोतले बतायो ।




प्रतिक्रिया