रास्वपा केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको माग

रास्वपा केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग भएको छ । महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेसँग बुधबार बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्न माग गरेका हुन् ।

बैठकमा महामन्त्री डा. ढकालले सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

‘केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु,’ महामन्त्री ढकालले भने । बैठक प्रत्यक्ष प्रशारण गर्ने कि नगर्ने भन्ने विषयमा सभापतिले निर्णय लिइनसकेको ढकालले बताए ।

इलाम–२ को उपचुनावमा रास्वपाले हार व्यहोरेपछि समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए । उनले ३९ जिल्ला घुमेर प्रतिवेदन तयार पारेका ढकालले प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन्।

त्यही प्रतिवेदनका कारण महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रबार स्पष्टीकरण सोधेको छ।