एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डुमा सुरु

एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डुमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकीकृत समाजवादीको १० औ महाधिवेशन काठमाण्डुमा सुरु भएको छ । समाजवादीको महाधिवेशन काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

महाधिवेशनको उद्‌घाटनअघि पार्टीले काठमाण्डुमा शक्ति प्रदर्शन गरेको थियो । भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित गरेको शक्ति प्रदर्शनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

महाधिवेशनले वैचारिक दृष्टिकोण र नीति तथा कार्यक्रम पारित गर्ने र नयाँ नेतृत्व पनि चयन गर्ने तय भएको छ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टी अध्यक्ष बनन वर्तमान अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भूसाल दाबेदार छन् ।

२० गतेसम्म चल्ने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । प्रतिनिधिहरुले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

संघीय संसदका प्रतिनिधि सभामा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।