नगरपालिका जान मानेनन् शिक्षाका उपसचिवले

नगरपालिका जान मानेनन् शिक्षाका उपसचिवले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा मन्त्रालयबाट नगरपालिकारूमा खटाइएका उपसचिव कार्यकक्षमा जान मानेका छैनन्। दशैँअघि १६६ उपसचिवको सरुवा भएको थियो।

मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो नदेखाएका हुन्। सरुवा गरिएकामध्ये केहीले मात्रै नगरपालिकामा जाने इच्छा देखाएका छन्। कुनै मापदण्ड तय नगरी जथाभावी सरुवा गरिएको भन्दै उनीहरूसहित कर्मचारी संघ संगठनले असन्तुष्टि जनाएका छन्। उनीहरूले शिक्षामन्त्री र सचिवलाई भेटेर सरुवाको निर्णय सच्याउन दबाब दिएका छन्।

सरुवा भएको ठाउँमा जिम्मेवारी सम्हाल्न नजानेको संख्या बढी देखिएको एक सहसचिवले जनाए। खटाएको ठाउँमा नगएर उनीहरू साबिकको कार्यालयमा हाजिर भएर बसेका हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।