काठमाण्डु – प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति कायम हुने बताएका छन् ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताए ।
मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने देउवाको भनाइ छ । ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,’ देउवाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।’
मुलुकमा शान्ति स्थापना गर्ने सवालमा एकीकृत समाजवादी पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देउवाले बताए ।
आइतबार उद्घाटन गरिएको एकीकृत समाजवादीको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।




प्रतिक्रिया