मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्रीहरू अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।  त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।