पत्रकार मरासिनीलाई गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार

पत्रकार मरासिनीलाई गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित प्रथम पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद ५० हजार छ ।

पुतलीबजार नगरपालिका–३, स्याङ्जा निवासी मरासिनीले युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्टिय स्तरकासञ्चारमाध्यममा कलम चलाउने गर्दछन् ।

काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका उनी काठमाडौं प्रेस र नयाँपुस्ता डटकममा आवद्ध छन् । अनलाइन पत्रकार संघका सचिव मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् ।

आइतबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विन्दुकुमार थापा र सचिव प्रकाश पौडेल लगायतले मरासिनी सहित पुरस्कृत सबै व्यक्तिलाई पुरस्कार वितरण गरे ।