काठमाण्डु- नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटले देशमा आशाको सञ्चार गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद गिरीले कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताएका हुन् । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
‘चारैतिर निराशा फैलिरहेको बेला संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न छलफल आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग समेत छलफल गरिनुपर्छ,’ उनले भने ।




प्रतिक्रिया